प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०८२
2.7K
SHARES

२० माघ काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।  मंगलबार बसेको बैंक सञ्चालक समितिले सुमन शर्मालाई सीईओ नियुक्त गरेको हो।  उनको कार्यकाल ४ वर्षको रहने बैंकका कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए।

आजैदेखि उनको कार्यकाल लागू भएको छ।  यसअघिका सीईओ अशोक शेरचनले आइतबार राजीनामा बुझाएसँगै बैंकले नयाँ सीईओ नियुक्त गरेको हो। शर्मा यसअघि सनराइज बैंकको सीईओ रहिसकेका छन्। उनीसँग ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ, माछापुच्छ्रे बैंकमा सीईओका रुपमा काम गरेको अनुभव छ।