पहिलो दल बन्दैछौँ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २२ २०८२
2.8K
SHARES

२२ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेभन्दा धेरै सीट जित्ने निश्चित भइसकेको दाबी गरेका छन् ।पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यसपटक एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने सम्भावना बढेको दाबी समेत गरे ।

प्रचण्डले एमालेसँग कतिपय क्षेत्रमा तालमेलको हल्ला खारेज गर्दै जनताबाट तिरस्कृत र अश्वीकृत भएका तत्वहरूसँग कहिँ कतै गठबन्धन वा तालमेल नहुने प्रष्ट पारेको एक नेताले बताए ।बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना खरेज गरेका थिए ।