आज सुन चाँदीको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ २३ २०८२
2.1K
SHARES
२३ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँले घटेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २७० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ४ हजार ७१० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ९ सय ८० सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट