एमालेबाट गठबन्धनको प्रस्ताव आएको थियो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २४ २०८२
2.3K
SHARES

२४ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको चुनाव अहिले नै प्रतिनिधि सभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको बताएका छन्। सिन्धुली पुगेका संयोजक प्रचण्डले राष्ट्रियसभा चुनावमा कांग्रेससँग मिलेर आफूहरूलाई आउट गरेपछि कुरा नमिलेको बताए।

उनले भने, ‘कांग्रेसका महाधिवेशन हुनुभन्दा अगाडि, राष्ट्रिय सभाका सदस्यको निर्वाचन हुनु अगाडि कुरा हो। यो प्रस्ताव हाम्रो थिएन फेरि, कांग्रेस र एमालेबाट केही शीर्ष नेताहरूको हकमा हामीले उनीहरूलाई चुनाव जिताउने ढङ्गले केही सिट एडजस्ट गर्नुपर्छ भन्ने उहाँहरूको थियो। हामीले त्यसमा सैद्धान्तिक रूपले अस्वीकार पनि हामीले गरेका थिएनौँ, स्वीकार गरेका पनि थिएनौँ।’