झापाले सबै प्रकारका अतिबाट देश र जनताले मुक्ति खोजेका छन् – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २४ २०८२
2.4K
SHARES

२४ माघ दमक । झापा जिल्ला क्षेत्र नं ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले सबै प्रकारका अतिबाट देश र जनताले मुक्ति खोजेको बताएका छन् ।

आइतबार कमल गाउंपालिकाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै तामाङले भने, ‘यदि देशमा कानुनी शासन पूर्ण रुपमा प्रत्याभूत हुने हो भने आज उम्मेदवार बनेका साथीहरू जेलमा बस्नुपर्ने हुन्थ्यो ।’नेकपाका युवा नेता तामाङले भाद्र २३ गतेका कारक र भाद्र २४ गतेका कारक दुवैवाट जनता आजित भइसकेको दावी गरे ।