चार दल र ४५४ उमेदवारले मात्र खोले छुट्टै बैंक खाता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १ २०८२
1.8K
SHARES

१ फागुन काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति हालसम्म चार दल र ४५४ उमेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् । चुनावी प्रचारका निम्ति छुट्टै बैंक खाता खोल्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । यसरी छुट्टै बैंक खाता खोल्ने दलमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छन् ।

यसबाहेक ४५४ उमेदवारले छुट्टै बैंक खाता खोलेर त्यसमार्फत चुनावी कारोबार थालेका आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए । आसन्न निर्वाचनमा देशभर तीन हजार ४०६ उमेदवार प्रतिस्पर्धामा छन् ।