१५ सयले घट्यो सुनको भाउ
६ फागुन काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मङ्गबारको तुलनामा आज सुन प्रतितोलामा १५०० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४०० कायम भएकाे छ । यस्तै चाँदी प्रतिताेला ५ रुपैँयाले घटेर ४ हजार ८८० निर्धारण भएको छ ।
हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको थियाे । गत सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३ हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० थियाे ।
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।