सुनको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १० २०८२
1.4K
SHARES
१० फागुन काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३ हजार ७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट