आज सुनको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन ११ २०८२
1.7K
SHARES
११ फागुन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३२ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ५९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट