२५ सयले बढ्यो सुन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन १९ २०८२
2.2K
SHARES
१९ फागुन काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ ।अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदी २०५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८१५ रुपैयाँ ताेकिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट