कच्चा तेलको मूल्य ४ वर्षयताकै उच्च


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२
1.7K
SHARES

२५ फागुन काठमाडौं । अमेरिका र इजरायलीले इरानमाथि गरेको आक्रमणपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरभन्दा माथि पुगेको छ। जुन ४ वर्षयताकै उच्च हो। तेल र ग्यास आपूर्तिका लागि विश्वको सबैभन्दा महत्वपूर्ण मार्गहरुमध्ये एक होर्मुजको जलडमरूम (होर्मुजा अफ स्ट्रेट) बन्द भएपछि कच्चा तेलको मूल्य बढेको छ। अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण यो जलमार्ग बन्द छ।

ब्रेन्ट कच्चा तेलको मूल्य १८ प्रतिशतले बढेर प्रतिब्यारेल १०८.६८ डलर पुगेको छ। अमेरिकी तेल डब्ल्यूटीआई लगभग २० प्रतिशतले बढेर प्रतिब्यारेल ११० डलर पुगेको छ। फेब्रुअरी सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि कच्चा तेलको मूल्यमा यो सबैभन्दा ठूलो वृद्धि हो। त्यतिबेला पनि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि बढेको थियो।