सेयर बजारमा उत्साह


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२
1.5K
SHARES

२५ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा दुई तिहाइ आउने देखिएसँगै सेयर बजारमा उत्साह देखिएको छ । सोमबार बजार ६ प्रतिशत बढेर कारोबार समय अगावै बन्द भएको छ । बजार खुलेको पहिलो मिनेटमै चार प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजार पाँच प्रतिशत पुग्दा ४० मिनेटको लागि बन्द भएको थियो ।

४० मिनेटपछि खुलेको बजारमा ६ प्रतिशत वृद्धि भएपछि बजार अर्को दिनसम्मको लागि बन्द भएको हो । बजार एकैदिन १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा पुगेको हो । बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्स मात्रै घटेको छ । २५२ कम्पनीको सेयर मूल्य बढेको छ ।