सुन चाँदीको भाउमा भारी वृद्धि


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २६ २०८२
1.4K
SHARES

२६ फागुन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २६ गते सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १७ हजार रुपैयाँ पुगेको छ । फागुन २५ गते हिजो सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो फागुन २५ गते चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।