अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २६ २०८२
1.3K
SHARES

२६ फागुन काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रातो पासपोर्ट (कूटनीतिक राहदानी) फिर्ता गरेका छन् । खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको रातो पासपोर्ट सरकारलाई फिर्ता गरेका हुन् ।  खनालले मंगलबार (फागुन २६ गते) अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेखेर आफ्नो राहदानी बुझाएका हुन् ।

पत्रमा खनालले रातो पासपोर्टको प्रयोजन समाप्त भएको उल्लेख सो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिदिन प्रशासन महाशाखामा बुझाएका छन् । “अब प्रस्थानको तयारीमा छु । सार्वजनिक पद धारकका रूपमा कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” उनले भनेका छन् ।

पदबाट हटेपछि सरकारी सुविधाहरू विधिवत् रूपमा फिर्ता गर्ने प्रक्रिया अन्तर्गत खनालले यो कदम चालेका हुन् । उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीका रूपमा कुनै सेवासुविधा भने लिएनन् ।