घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २८ २०८२
1K
SHARES

२८ फागुन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २८ गते सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १७ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।