बढ्यो सुनचाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ३० २०८२
1.7K
SHARES

३० फागुन काठमाडौं । स्थानीय बजारमा यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुनको मूल्य यो साता ८०० रुपैयाँ मात्रै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार (फागुन २२) तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन यो शुक्रबार (फागुन २९) मा तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भयो ।

आइतबार (फागुन २४) मा सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ थियो । यस्तै, सोमबार घटेर तीन लाख १३ हजार २०० कायम भयो । त्यसपछि, मंगलबार तीन लाख १७ हजार, बुधबार तीन लाख १९ हजार, बिहीबार तीन लाख १७ हजार र शुक्रबार तीन लाख १४ हजार २०० मा कारोबार भयो ।