सुनको भाउ तोलामा २२ सयले घट्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र ४ २०८२
2.1K
SHARES
४ चैत काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट