एकैदिन सुन २० हजार ३ सयले घट्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ८ २०८२
1.4K
SHARES

८ चैत काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ८ गते सुनको मूल्य तोलामा २० हजार ३ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । चैत ५ गते सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४७० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । चैत ५ गते चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।