सुनको भाउमा भारी गिरावट


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२
1.4K
SHARES

९ चैत काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ९ गते सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । चैत ८ गते सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चैत ८ गते चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।