यस्तो बन्यो नाडाको नयाँ केन्द्रीय समिति


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२
1.2K
SHARES

९ चैत काठमाडौं ।नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय बैठकले विधान २०७१ (संशोधनसहित)को दफा २०.७ अनुसार पुस २५ गते काठमाडौँमा सम्पन्न निर्वाचनबाट चुनिएका केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो। नवनिर्वाचित कार्यसमितिमा अध्यक्षका रूपमा सुरेन्द्रकुमार उप्रेती रहेका छन् भने निवर्तमान अध्यक्षको जिम्मेवारी करणकुमार चौधरीले सम्हालेका छन्

संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक रहेका छन् संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्।

साधारण सदस्यहरूबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह सदस्यमा चयन भएका छन्। यसैगरी अध्यक्षले दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित सदस्यका रूपमा समावेश गरेका छन्।