गरिमा सुवर्ण योजनामा आवेदन दिने आज अन्तिम दिन


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
1.2K
SHARES

११ चैत काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’ का इकाइहरुमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ।यो योजनाका इकाइहरु गत फागुन २८ गतेदेखि निष्कासन गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ।

पहिलो चरणमा यस योजनाका १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये बीज पुँजीबापत ६० लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाइ कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस योजनामा न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट धितोपत्रबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।