१५ अर्बको कारोबार


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
1.1K
SHARES

११ चैत काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (चैत ११) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.४५ अंकले घटेर नेप्से परिसूचक २९३५.९४ विन्दुमा बन्द भएको छ ।  ३४५ कम्पनीको सेयर कारोबार हुँदा २१३ कम्पनीको मूल्य घट्यो, ४५ को मूल्य बढ्यो भने सातवटाको स्थिर रह्यो ।

नेप्सेका अनुसार, आज १५ अर्ब नौ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन १४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । ५ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटेल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको छ ।