घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
1.3K
SHARES

१६ चैत काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १६ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।