सबै समूह राताम्मे


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
1.7K
SHARES

१६ चैत काठमाडौं । धितोपत्र मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार (चैत १६) पनि उच्च अंकले घटेको छ । यस दिन बजार ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन ७१.०५ अंकले घटेको थियो । घटेको बजारमा १२ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भने १५ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

नेप्सेका अनुसार, यस दिन २३७ कम्पनीको मूल्य घट्दा २६ वटाको मूल्य बढेको छ भने पाँचवटाको स्थिर छ । समूहगत सूचकतर्फ १३ वटै उपसमूह राताम्मे बनेका छन् । आज सबैभन्दा बढी निर्जीवन बिमाको सूचक २११.५७ अंकले घटेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्सको १८६.२७ र व्यापार समूहको सूचक १०३.८६ अंकले घटेको हो ।

नेप्से र कारोबार रकम घट्दा पनि पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यी कम्पनीहरू रिलायन्स स्पिनिङ, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेस्ट इन, सुपरखुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रो रहेका छन् ।