सिंहदरबारमा आगो लगाउनेलाई कारबाही गर्नैपर्छ – अध्यक्ष हर्क साम्पाङ


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
1.8K
SHARES

१६ चैत काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिंहदरबारमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।  पत्रकारसँग कुरा गर्दै साम्पाङले भने, “मैले तपाईंलाई कारबाही गर्छु भने तपाईंजस्तै गल्ती, अपराध गर्नेलाई पनि मैले कारबाही गर्नैपर्छ ।”

साथै, उनले सिंहदरबारको भित्तामा आगो लगाउनेहरू, सिंहदरबारलाई न्याय चाहिएको छ कि छैन ? भनेर पनि सोधेका छन् ।सिंहदरबाको भित्ता एउटा पर्खाल मात्रै नभएर देशको सार्वभौमसत्ताको प्रतीक रहेको उनको भनाइ छ । साथै, सिंहदरबारमा आगो लगाउनेलाई कठघरामा ल्याउन पनि उनले माग गरे ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विषयमा आफूले विरोध नगरेको उनको भनाइ छ ।  कारबाही एकतर्फी मात्र हुन नहुने भन्दै आन्दोलन गर्न उक्साउनेमाथि पनि कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन् ।