सभामुख पदमा कांग्रेसले उमेदवारी नदिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.5K
SHARES

२० चैत काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ । उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उमेदवारी नदिने भएको हो ।पार्टीका महामन्त्री प्रदीप पौडेलले बाह्रखरीसित भने, “सभामुखको भूमिका तटस्थ हुनुपर्ने भएकाले स्वाभाविक रूपमा जसको उमेदवारी पर्छ उसैलाई हामीले समर्थन गर्ने छौँ । उपसभामुख प्रतिपक्षीले पाउने भएकाले हामी दोस्रो दल भएका कारण हाम्रो दाबी रहन्छ ।”

सभामुख पदको निर्वाचन चैत २२ मा हुँदै छ । त्यसका लागि संसद् सचिवालयले शुक्रबार (चैत २०) बिहान ११ देखि २ बजेसम्मका लागि उमेदवारी दर्ताको समय तोकेको छ ।  आजै साढे २ बजे अन्तिम सूची प्रकाशित हुने सचिवालयले जनाएको छ ।