१८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२
1.8K
SHARES

२२ चैत काठमाडौं । सरकारले १८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्थ मन्त्रालयअन्तगर्तका दुई परियोजनाका निम्ति १८५ मिलियन अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरिएको हो ।सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, डिजिटल नेपाल ट्रान्सफर्मेसन परियोजनाका निम्ति ९० मिलियन र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

“अर्थ मन्त्रालयअन्तगर्तको डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि एसियाली विकास बैंक र विश्व बैंकले उपलब्ध गराउने क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन डलर गरी ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,” प्रवक्ता पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै भने, “अर्थ मन्त्रालयअन्तर्गत दिगो र समावेशी वित्त परियोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।”