संख्याका हिसाबले सदनमा विभेद अन्त्य हुनुपर्छ – अध्यक्ष हर्क साम्पाङ
२२ चैत काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा संख्याका हिसाबले विभेद रोकिनुपर्ने बताएका छन् । जनताका मुद्दा साना र ठूला दुबैसँग हुने भन्दै उनले सदनमा विभेद रोकिनुपर्ने बताएका हुन् । ”जनताका मुद्दा सानासँग पनि हुन्छ । ठूलासँग पनि हुन्छ,” उनले भने,”ठूला साना नभनिकन सदन चलाउनुपर्छ ।”
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताए । यस विषयमा आफ्नो दल परामर्शमा रहेको उनले बताए । ”हामी अहिले परामर्शमै छौँ । हाम्रो दाबी रहनेछ,” उनले भने ।
सदनमा सभामुख निष्पक्ष हुनेमा आफ्नो दल आशावादी रहेको उनले बताए । ”सभामुख निष्पक्ष हुनेमा आश्वस्त छौँ । उहाँको कार्य हेरेपछि यस विषयमा हामी विश्वस्त हुने अपेक्षा छ,” उनले भने । सभामुखले सत्ता पक्षलाई भन्दा प्रतिपक्षलाई बढी समय दिनुपर्ने उनले बताए ।