अब सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२
1.3K
SHARES

२५ चैत्र काठमाडौं। नेपाल स्टक एक्सचेन्जले अब शुक्रबार पनि सेयर कारोबार गर्ने भएको छ। यसअघि आइतबारदेखि बिहीबारसम्म पाँच दिन सेयर कारोबार गर्ने गरिए पनि सरकारले चैत २३ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि नेप्सेले सेयर कारोबार हुने दिन पनि परिवर्तन गरेको हो।

नेप्सेका अनुसार अब यही सातादेखि लागू हुने गरी सेयर बजार शुक्रबार पनि खुला गरिने भएको हो। अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुनेछ।

मन्त्रिपरिषद्को चैत २२ को बैठकले चैत २३ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने तथा कार्यालय समय ९ देखि ५ सम्म गर्ने निर्णय गरेको थियो।