फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०८२
1.4K
SHARES

२७ चैत काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।नेपाल आयल निगमले आज (बिहीबार) राति १२ः०० गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ तथा डिजेल मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको हो।

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ।