खनिजजन्य उद्योगबाट उठ्यो २ अर्ब १४ करोड राजस्व
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र २८ २०८२
1.4K
SHARES
२८ चैत काठमाडौं । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो ।
गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट