सम्पत्ति घोषणाभन्दा करचुक्ता बढी भरपर्दो हुन्छ – निवर्तमान अर्थमन्त्री खनाल


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
2K
SHARES

३० चैत काठमाडौं । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति विवरण खासै भरपर्दो नहुने बताएका छन् । अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूले गरेको सम्पत्ति विवरण सार्वजनिक भएकोमा खनालले टिप्प्णी गरेका छन् । पूर्वअर्थ सचिवसमेत रहेका खनालले सम्पत्तिको घोषणा कहिल्यै पनि भरपर्दा नहुने भन्दै भरपर्दा आधार अरु हुने बताएका छन् ।

सामाजिक सञ्जालमा खनालले आन्तरिक राजश्व कार्यलयमा बुझाएको कर चुत्ताको विवरण नै भरपर्दो, पारदर्शी र प्रमाणिकरणको आधार हुने बताएका छन् । कपितयले अर्थमन्त्री खनालको टिप्पणीलाई सम्पत्तिको वैद्यता अनुसन्धान हुनुपर्ने अर्थ लगाएका छन् ।