नेप्से परिसूचक २८८३.४० विन्दुमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३
1.1K
SHARES

४ बैशाख काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से झिनो अंकले बढेको छ । यस दिन बजार ५.३६ अंकले बढेर नेप्से परिसूचक २८८३.४० विन्दुमा बन्द भएको छ ।  कारोबार रकमका आधारमा भने बजार घटेको छ । बिहीबार नौ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकामा आज सात अर्ब ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, ‘अन्य’ र व्यापार समूहको सूचक बढेको छ । बाँकीको घटेको छ ।सबैभन्दा धेरै उत्पादन समूहको १६२.१६ अंकले घटेको छ । सर्वाधिक निर्जीवन बिमाको ५७.८८ अंकले घटेको हो ।

आज ३३५ कम्पनीको सेयर कारोबार हुँदा १०८ कम्पनीको मूल्य बढ्यो, १५० को घट्यो भने १२ वटाको स्थिर रह्यो । रकम र सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावरको ६६ करोड ८६ लाखबराबरको २१ लाखभन्दा बढी कित्ता किनबेच भएको छ ।

६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिजलाइन इनर्जीको मूल्य १० प्रतिशतले बढेको हो ।