सुनको भाउ ३ लाख नाघ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ६ २०८३
1K
SHARES
६ बैशाख काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ३ लाख १ हजार कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको पनि तोलामा ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट