बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
931
SHARES

८ बैशाख काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।