खोलामा डुबेर दुईजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३
1.5K
SHARES

११ बैशाख काठमाडौं । खोलामा डुबेर एकैदिन दुईजनाको मृत्यु भएको छ। चितवन र मकवानपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनभित्र रहेको राईनो तालमा माछा मार्न गएका ६३ वर्षीय बेलबहादुर परियारको तालमा डुबेर मृत्यु भएको छ।

बिहीबार बिहान ११ः३० बजे तालमा डुबेको अवस्थामा भेटिएका उनलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो। तर, उपचारका क्रममा चिकित्सकले १२ः१० बजे उनलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ। यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका–८ जलकुना खोलामा नुहाउने क्रममा पानीमा डुबेर ६५ वर्षीय हरीबहादुर ब्लोनको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब २ः१० बजे जलकुना खोलामा जमेको पानीको पोखरीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। अस्थायी प्रहरी पोष्ट गिङ्गुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोही पोखरीमा उनलाई मृत अवस्थामा फेला पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।