यी जिल्लामा आज तीव्र हावाहुरीको चेतावनी,


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३
988
SHARES

२२ बैशाख काठमाडौं । देशका विभिन्न स्थानमा आज (वैशाख २२) तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस दिन राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।“हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध छ,” विभागले मंगलबार बिहान सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोममा पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।

“हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ,” विभागले भनेको छ ।city-rain7-1777960065.jpg