चितुवाको आक्रमणबाट एकजना घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २३ २०८३
1.2K
SHARES

२३ वैशाख जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।  मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घाइते विकको  ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जनाएको छ ।