मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २४ २०८३
931
SHARES

२४ बैशाख काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारीसाधन एकतर्फी सञ्चालनमा थियो ।

बिहीबार (वैशाख २४) बिहान करिब ७ः५० बजेदेखि बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ । “आज मिति २०८३/०१/२४ गते मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी सञ्चालनमा रहेको सडक हाल दुवैतर्फ सञ्चालनमा आएको जानकारी गराउँदछौँ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।