सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
722
SHARES

२८ बैशाख काठमाडौं । सरकारले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो बताएका हुन् ।

“समस्यग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्ता असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने छ,” राष्ट्रपति पौडेलले भने ।
कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढीकरण गरिने जनाइएको छ ।