भदौ २३ गते नै सेनाले सरकारलाई सहयोग गरेको थिएन – आयोग
१३ जेठ काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले सेनाको साथ नपाएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले जनाएको छ । सार्वजनिक भएको प्रतिवेदनमा भदौ २३ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग मागेको र त्यसमा सेनाले साथ नदिएको उल्लेख छ ।
“भाद्र २३ गतेको प्रदर्शन हिंसात्मक भई सुरक्षाकर्मीको नियन्त्रणभन्दा बाहिर गइसकेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग माग गरेको मिसिल संलग्न कागजातबाट देखिन्छ । तर, व्यवहारतः त्यस्तो सहयोग नभएको सो दिनको परिस्थितिबाट देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।