छतबाट खसेर एकजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २ २०८३
1.1K
SHARES

२ असार निजगढ । बाराको कोल्हवी नगरपालिका–३, जुगुवा टोलमा मंगलबार (असार २) बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । ५० वर्षीय सोभालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहान करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा चोट लागेका चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब ५ बजे उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए ।