रुपन्देहीको साझेदारी जंगलमा पुरुषको शव फेला


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १६ २०८३
1.2K
SHARES

१६ असार बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित लुम्बिनी साझेदारी वन क्षेत्रमा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार असार १० गते वनभित्र करिब ४५ देखि ५० वर्ष उमेरका देखिने एक पुरुषको शव फेला परेको हो ।मृतकले उलनको चेक सर्ट, खैरो टिसर्ट, नीलो ट्रयाक पाइन्ट तथा ‘नर्थफेस’ लेखिएको जुत्ता लगाएको पाइएको छ ।

शवनजिकै एउटा झोला समेत फेला परेको प्रहरीले जनाएको छ । झोलाभित्र रहेका सामानका आधारमा मृतकको पहिचान खुल्ने आशामा प्रहरीले ती सामग्रीका तस्बिर सार्वजनिक गरेको छ । मृतकको पहिचान हालसम्म खुल्न नसकेको भन्दै प्रहरीले ती सामान चिन्न सक्ने वा मृतकबारे कुनै जानकारी हुने व्यक्तिलाई तत्काल इलाका प्रहरी कार्यालय सालझण्डीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।