यी भूभागमा पर्दै छ पानी
२८ असार काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार बेलुका ७ः५० बजे) पानी परिरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ‘मध्यम’सम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो एक घण्टामा रुपन्देहीको सूर्यपुरामा सबैभन्दा धेरै १७.६ मिलिमिटर पानी परेको छ ।
“यी क्षेत्र तथा आसपासका स्थानहरूमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । “हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभागनजिक रहेको छ,” महाशाखाले भनेको छ ।
