रौतहटमा आत्मदाह प्रयास


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३१ २०८३
532
SHARES

३१ असार काठमाडौं । रौतहटमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका-९ घर भएका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नो शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।  प्रहरीका अनुसार घटना गएराती साढे १ बजेतिरको हो ।

तत्काल उद्धार गरेर अस्पताल लगिएका सहनीलाई हाल कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको छ । उनले आफूलाई किन आगो लगाए भन्नेबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहनीको ३१ प्रतिशत शरिर जलेको बताइएको छ ।

पछिल्लो समय देशभर आत्मदाहको घटना तीव्र रुपमा बढिरहेको देखिन्छ । एक हप्तायता मात्रै चार जनाले आफैंलाई आगो लगाइसकेका छन् ।