काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
532
SHARES

१ श्रावण काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । विभिन्न सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ओखलढुंगा, रामेछाप, रुकुम पूर्व, जाजरकोट, डोटी, डडेलधुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ । यी जिल्लाका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

b1-1784258907.jpg