कांग्रेसले समाजमा नैतिक अधिकार कायम गर्न सक्छ – सभापति थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ५ २०८३
836
SHARES

५ श्रावण काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले समाजमा नैतिक अधिकार कायम गर्न सक्ने बताएका छन् ।  कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसको नैतिक प्राधिकार कायम गर्न सक्ने बताएका हुन् ।

“नेपाली कांग्रेसले नैतिक अधिकार कायम गर्न सक्छ, कायम गर्न सक्ने बनाउनुपर्छ,” उनले भने “तर, नैतिक प्राधिकार कायम गर्ने बनाउनका निम्ति १० वर्ष २०७२ देखि २०८२ सालका अँध्यारा र काला दिनबाट निस्किनुपर्छ ।”  सत्ता र शक्तिको लागि सो समयावधिमा सम्पूर्ण समय तिलाञ्जली दिएको सभापति थापाको भनाइ छ । सिद्धान्तका लागि सास्ती खेप्नुपरे पनि खेप्ने उनको भनाइ छ ।