‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईं- सर्वोच्च नेता


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २१ २०८३
798
SHARES

२१ श्रावण काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री त्यागेर बाहिरिएका डा. धवलशमशेर राणाको सभापतित्वमा ‘जय नेपाल पार्टी’ गठन भएको छ । राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक रहेका व्यवसायी दुर्गा प्रसाईं उक्त पार्टीको सर्वोच्च नेता बनेका छन् ।

केही समयअघि एकता गरेका यी दुई समूहले पार्टीको नाम राख्नका लागि उपसमिति गठन गरेको थिए । उपसमितिको सिफारिसमा पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको अध्यक्ष राणाले जानकारी दिए । “उपसमितिको सिफारिसअनुसार नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय भयो,” डा. राणाले  भने, “पार्टीको कार्यकारी अधिकारसहित अध्यक्ष म (धवल) र सर्वोच्च नेता दुर्गा प्रसाईंजी रहने पनि निर्णय भएको छ ।”

त्यसबाहेक अन्य पदाधिकारी भने तत्कालका लागि हुने छैनन् । उनका अनुसार प्लेन केन्द्रीय समिति बनाएर समय क्रममा पार्टीले नेताहरूलाई उपयुक्त जिम्मेवारी तोक्नेछ । उनले दिएको जानकारीअनुसार पार्टी साउन २८ गते दर्ता हुनेछ ।