मेरै पार्टीका साथीको निन्दाले केही हुँदैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २४ २०८३
703
SHARES

२४ श्रावण काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई आफ्नै पार्टीका साथीहरुले निन्दा गरेको बताएका छन् । उनले आफूलाई पार्टीका साथीहरुले निन्दा गरेको भए पनि तलैसम्म माया गर्नेको संख्या निकै ठूलो रहेको बताएका हुन् ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । “निन्दा गर्नेको पछि नलाग्नू,” उनले परिवारलाई भन्ने गरेको बताउँदै थपे, “मलाई माया गर्ने थुप्रै साथी नभएको भए पटक–पटक घेराबन्दीको बीचमा बाँचेर आउने थिइनँ । आजको घेराबन्दीमा पनि बाँचेर आउँछु । थुप्रै साथीको माया छ ।”