आज प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०८३
418
SHARES

२५ श्रावण काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले) आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको जनाएको छ।ती भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।

भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेट्ने तय भएको छ। भारतीय राजदूतलाई भेटे लगत्तै प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई भेट्ने छन्। यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए। तर, पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए। भारतीय र चिनियाँ राजदूतलाई भेटेपछि शाहले भोलि अमेरिकी दुतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ।